animated ellipse animated ellipse

नेपाली सेना– प्रदेस्तरीय  रक्षा सम्वाददाता अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ मंसिर २०८०, सोमबार १९:१८
117
Shares
इटहरी/ नेपाली सेना पूर्वी पृतना हेड क्वाटर इटहरी सुनसरीले  प्रदेशस्तरीय रक्षा सम्वाददाता अभिमुखिकरण कार्यमा सेनाको संगठन, काम कर्तव्य लगायतका विषयमा आज इटहरीमा  जानकारी गराइयो ।
अभिमुखीकरणमा पृतना, वाहिनी, गण र गुल्म लगायतका विषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराइएको थियो । यसैगरी नेपाली सेनाको दर्जा, काम , कर्तव्य, विपद व्यवस्थापनमा पु¥याएको योगदान , सुरक्षा, राष्ट्रिय गौरवको आयोजना सडक निर्माण, लगायतका विषयमा स्थलगत एवं सैद्धान्तिक रुपमा जानकारी दिइने छ ।
अभिमुखीकरणमा शान्ति कार्य निर्देशनालयका प्रमुख सेनानी वीरेन्द्रवहादुर सिंहले  शान्ति स्थापनामा कार्यमा नेपाली सेना र विपद् व्यस्थापनमा नेपाली सेनाको भूमिका ,सेनानी पुजा श्रेष्ठल सैनिक कल्याणकारी योजना ,सेनानी मोहनमणी अधिकारीले सम्भाररथी विभागको काम, कर्तव्य र जिम्मेवारी  र प्रमुख सेनानी महेन्द्रकुमार पुन मगरले नेपाली सेनामा समावेशिता एवं महिला सहभागिता विषयक कार्यपत्र प्रस्तुत गरे ।
रक्षा मन्त्रालयका उप सचिव रामेश्वर पोखरेलले रक्षा मन्त्रालय र सृुरक्षा नीति,सम्पर्क तथा सूचना निर्देशनालयका सहायक रथी कृष्णप्रसाद भण्डारीले अभिमुखीकरणको आवश्यक्ता, प्रमुख सेनानी सन्तोष  थापाले पृतना संरचनामा नेपाली सेनाको तैनाथी र नेपाली सेनाको संरचना , प्रमुख सेनानी सागर कार्कीले रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रमको महत्व तथा जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका  र समारोह सञ्चालन निर्देशनालयका सेनानी रामबहादुर बोहराले नेपाली सेनाको संक्षिप्त परिचय विषयक कार्यपत्र प्रस्तुत गरे ।
यसअघि आइतबार पूर्वी पृतनाका प्रमुख उपरथी डा. आशबहादुर तामाङले संविधानद्वारा निर्देशित भएर  सेनाले कार्य गरिरहेको बताउँदै सञ्चारकर्मीहरुले सत्य तथ्यको आधारमा सेनाको विषयमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रममा कोशी प्रदेशमा कार्यरत २० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर