ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा एकैदिन २ हजार २ सय विरुवा रोपियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७९, सोमबार १८:४४
540
Shares
विराटनगर / संविधान दिवसको सन्दर्भ पारेर विराटनगरस्थित कोशी राजमार्गको डिभाइर बीचमा २ हजार बढी विरुवा रोपिएको छ ।

महानगरपालिकाको मुख्य सडकको सौन्र्दयीकरण गर्ने उद्देश्यसहित कोशी राजमार्गको बरगाछीदेखि रानीस्थित विराटनगर आँखा अस्पतालसम्म सडकको बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गरिएको हो । संविधान दिवसको अवसर पारेर सो क्षेत्रमा २ हजार २ सय विरुवा रोपिएको हो । डिभाइडरको बीचमा चौपायाले नखाने, पात नझर्ने तथा कम पानीमा पनि सप्रिने विरुवाहरु रोपिएको छ । बरगाछी क्षेत्रको सुरुवात विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले गरेकी थिइन् ।

रानी क्षेत्रमा प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेतृत्व गरेका थिए । विभिन्न क्षेत्रमा विभाजित गरेर विरुवा रोपिएको थियो । वृक्षारोपण गरिएको विरुवाहरुलाई स्थानीय तथा सरोकारवालसँग सहकार्य गर्दै संरक्षण गरिने महानगरकी कार्यबाहक मेयर कार्कीले बताइन् । “विरुवा रोप्नुभन्दा संरक्षण गर्नु ठूलो कुरा हो,” कार्यबाहक मेयर कार्कीले भनिन्, “हामी छिट्टै सरोकारवालाको मिटिङ गरेर संरक्षणको खाका तयार पार्छौं ।”

प्रदेश वन मन्त्रालय र जिल्ला प्रशासनसँग सहकार्य गर्दै वृक्षारोपण गरिएको महानगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए । डिभाइडरका बीचमा धुपी, कपुर, ओलेण्डर, टनेल र करबीर प्रजातिका विरुवा रोपिएको थियो । बरगाछीदेखि रानी आँखा अस्पतालसम्मको झण्डै ६ किलोमिटर सडक क्षेत्रलाई तीनवटा क्षेत्रमा विभाजन गरेर बेग्ला–बेग्लै निकायले वृक्षारोपण गरेका छन् । जसअन्तर्गत बरगाछीदेखि मुनालपथसम्म महानगरपालिकाले र त्यसभन्दा दक्षिण बसपार्कसम्म नेपाली सेनाको भैरव गणले वृक्षारोपण गरेको छ । यसैगरी त्यसबाहेकको क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले वृक्षारोपण गरेको थियो ।

डिभाइडरको बीचमा वृक्षारोपण गरी मुख्य सडकलाई हराभरा बनाउने प्रयासलाई स्थानीयले प्रशंसा गरेका छन् । कतिपय व्यक्तिहरु स्वयम् पनि आफ्नो साँध सिमाना अगाडिको डिभाइडरमा वृक्षारोपण गरिएको विरुवालाई संरक्षण गर्ने जिम्मा लिएका छन् । विराटनगर, मुनालपथका प्रदीपकुमार रौनियारले डिभाइडरको एक खण्डमा गरिएको वृक्षारोपणको संरक्षण आफूले गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विरुवाको संरक्षण र हेरचाह गर्नु सबै नगरवासीको दायित्व भएको धारणा राखे ।

“महानगरलाई सुन्दर बनाउने दायित्व यहाँ बसोबास गर्ने हरेक नागरिकको हो,” स्थानीयवासी रौनियारले भने, “हरेक कुरामा महानगरको मुख ताक्नु हुँदैन ।” वृद्धारोपणमा कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर