RUMPUM
animated ellipse animated ellipse

भूमि आयोग खारेजी सच्याउन माग गर्दै एमालेद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ श्रावण २०७८, बिहीबार १९:१७
675
Shares
विराटनगर /सरकारले भुमिहिन किसानका लागि लालपुर्जा वितरणको तयारी भइरहदा भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि नेकपा एमाले आन्दोनमा उत्रिएको छ ।

एमालेले आयोग खारेज गरेर सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै संघर्ष सुरु गरेको जनाएको छ ।

आजबाट सडक सङघर्ष शुरु गरेको एमालेको भातृ सङ्गठन युवा संघ र अखिल नेपाल किसान महासंघले आयोग खारेज गर्ने निर्णय तत्काल फिर्ता लिएर भुमिहिनलाई लालपुर्जा वितरण गर्न माग गरेका छन ।

आज देशभरका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र पठाएका छन ।

मोरङमा पनि जिल्ला प्रशासन कार्यालयमा भेला भएका भुमिहिन,सुकुम्बासी सहित युवा संघ र अखिल नेपाल किसान महासंघ मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापनपत्रमा लालपुर्जा पाउनै लागेका भुमिहिनहरुले संबैधानिक अधिकार खोसिने गरी आयोग खारेज गर्ने निर्णय सच्याउन माग गरिएको छ । सरकारले निर्णय सच्याएर भुमिहिनलाई लालपुर्जा नदिए उनिहरुको अधिकार स्थापित गर्न परिचालित हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर