AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वराजा महेन्द्रको शालिक पुर्नस्थापनाको आवाज बुलन्द हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०८२, शुक्रबार ०८:१२
81
Shares
पूर्वराजा महेन्द्रको पहिले रहेको शालिक
अनुज सापकोटा
विराटनगर/ विराटनगरको मुटु महेन्द्र चोकमा पूर्वराजा महेन्द्रको शलिक पुर्नस्थापना गरिनु पर्ने आवाज बुलन्द हुँदै गएको छ ।

पूर्वराजा महेन्द्रको शालिक रहेका अहिलेको अवस्थाा

२०६२/०६३ सालको आन्दोलन पश्चातको गणतन्त्र स्थापना पछि महेन्द्रचोकबाट पूर्व राजा महेन्द्रको पूर्ण कदको शालिक हटाइयो । महेन्द्रचोकको साटो जनआन्दोलन चोक भनियो । तर पछिल्लो समय विराटनगरमा पूर्व राजा महेन्द्रको शालिक ठडिनु पर्ने वकालत तिव्र हुँदै गएको छ ।

नेपालका विभिन्न ठाउँमा पूर्व राजाका शालिक पुनः ठड्याउने लहर नै चलेको छ । नेपालगञ्जको त्रिभुवन चोकमा पूर्व राजा त्रिभुवनको शालिक ठड्याईएको छ । कैलालीको अत्तरीयामा पूर्व राजा महेन्द्रको नयाँ शालिकको अनावरण गरियो । महेन्द्रनगरमा पूर्व राजा महेन्द्रको शालिक राखियोभने कर्णालीको वीरेन्द्रनगरमा पूर्व राजा वीरेन्द्रको शालिक ठड्याईएको थियो । गणतन्त्र प्राप्तीपछि विराटनगरको महेन्द्रचोकमा भत्काइएकै ठाउँमा महेन्द्रको नयाँ शालिकको स्थापना र अनावरण हुनु पर्ने मागले सामाजिक सञ्जाल तातेको छ ।

पूर्व राजा महेन्द्रको शालिक स्थापनाको आवाजलाई विराटनगर महानगरपालिकाका निवर्तमान मेयर एवं कोशीका वन, वातावरण एवं पर्यटन मन्त्री भीम पराजुलीले पूर्व राजा महेन्द्रको शालिक बन्नु पर्छ भन्ने नभई बनाउनु पर्नेमा आफू अडिग रहेको बताए । उनले गुण अवगुण सबैमा हुने र राष्ट्रियताको पक्षमा पूर्व राजा महेन्द्रले गरेका काम अव्वल रहेको बताए । मन्त्री पराजुलीले आपूmले मेयर नागेश कोइरालालाई समेत एक कार्यक्रममा शालिक निर्माणका लागि पहल गर्न र यसका लागि प्रदेश सरकार बजेट विनियोजन गर्न तयार रहेको बताए । उनले शालिकसहितको ‘ महेन्द्र चोक रोड’ अर्थात एमसी रोड निर्माणका लागि आफू कटिवद्ध रहेको बताए ।

सामाजिक सञ्जालमा अधिकांश विराटनगरवासी शालिक निर्माणको पक्षमा उभिएका छन् । पर्यावरण अभियन्ता पारूल क्षेत्रीले गैरकानुनी हिसाबले जबरजस्ती भत्काईएको पूर्व राजा महेन्द्रको शालिक पुर्नस्थापना हुनु पर्ने विचार फेसबुकमा पोखेका छन् । उनले जसको जहाँ शालिक थियो त्यसलाई फेरि त्यहीँ पुन स्थापित गरौभन्ने मान्यता बोकेको बताए ।

नेपाल विद्वत परिषद मोरङ अध्यक्ष पुष्पराज दाहालले पूर्व राजा महेन्द्रको शालिक पुर्नस्थापनाका लागि विराटनगरका नागरिक स्वस्र्फूत रूपले लागि परेको बताए । सामाजिक सञ्जालमा लेख्दै पत्रकार रितुवर्ण पराजुलीले ऐतिहासिक धरोहरको सम्मान गर्न ढिलाई गर्न नहुने बताएका छन् । हास्य कलाकार पारस थापाले शालिक ठड्याउने काममा ढिलाई गर्न नभई सबै एकजुट हुनु पर्ने बताएका छन् । मेरील्याण्ड कलेजका संचालक प्राध्यापक गुणराज ढुंगेलले शालिक पुर्नस्थापनाप्रति आफ्नोपनि समर्थन रहेको जनाएका छन् ।

शान्ति टण्डनले इतिहासको संरक्षण गर्नु उत्तम हुने बताईन् । तर अभियन्ता रामरिझन यादवले फरक दृष्टिकोण राखेका छन् । उनले शालिक पुर्नस्थापनाको प्रश्न नउठ्नेभन्दै श्रोत र साधन शालिक निर्माणमा लगानी गर्नुभन्दा अन्य काममा लगानी गरेको बेस भनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले महेन्द्रचोकमा पूर्वराजा महेन्द्रको शालिक ठडिए कुनै आपत्ति नहुने र यो समय सान्दर्भिक रहेको स्पष्ट पारे । उनले इतिहासलाई सुरक्षित राख्नु पर्ने बताए । पूर्व राजा महेन्द्र राष्ट्रिय विभुति भएको बताउँदै देशको लागि गरेको योगदानको कदर स्वरूप ऐतिहासिक व्यक्तिको शालिक राख्नु अन्यथा नभएको घिमिरेको तर्क थियो ।

नेपाल विद्वत परिषदका उपाध्यक्ष बल्लभप्रसाद दाहालले राष्ट्र निर्माताहरूको शालिक भत्काइएको त्यतिखेरको गल्ती हाल आएर महशुश भएको र ती ठाउँमा शालिक पुर्नस्थापनाका लागि सर्वसाधारण स्वस्फूर्त अघि सरिरहेको आफूले पाएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर