खबर पूर्वाञ्चल
हिजो राती सवा ९ बजे झापाको विर्तामोड–५ मा माइक्रो बसको ठक्करबाट पाँचथर याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बुको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको माइक्रो बसले पैदल यात्रा लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्करबाट घाइते भएका लिब्वुको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको झापा प्रहरले जनाएको छ