सत्ता लोलुपता र पार्टीको आन्तरिक कलहले संसद विघटन गर्न मिल्दैन : वरिष्ठ नेता पौडेल

खबर पूर्वाञ्चल, ११ माघ २०७७, आईतवार १९:२८

विराटनगर / राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

आज विराटनगरमा गुराँस पुस्तकालय विराटनगरले आयोजना गरेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् विघटन गर्ने अधिकार नभएको वरिष्ठ नेता पौडेलले बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले जनताले ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिनका लागि पार्टीले सडक संंङ्घर्ष आन्दोलन गरेको प्रष्ट पारे । उनले सत्ता लोलुपता र पार्टीको आन्तरिक कलहले संसद विघटन गर्न नमिल्ने बताउदै लोकतन्त्रलाई साकार बनाउन, संविधानको रक्षा र सङ्घीयता कार्यान्वयन अडानमा दलको भूमिकालाई जनताले हेरिरहेका बताए ।
सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको खुलेर विरोध गरेका छैनन् । काङ्ग्रेसभित्र देउवा तत्काल सडकमा निस्कन नहुने पक्षमा छन भने वरिष्ठ नेता पौडेललेसहित अन्य नेता विरोधमा सडक सङ्घर्ष गर्नुपर्ने पक्षमा रहेको छन् ।

उनले पार्टीभित्र दुईवटा लाइन नभएको बताए । ‘साथीहरू पार्टीभित्र दुईवटा लाइन छ भन्नुहुन्छ,’ उनले भने, ‘खै अर्काे लाइन कहाँ छ ? कांग्रेसको यही एउटा लाइन हो, यो लाइनमा नहिँड्ने जान्छन् ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्र्थापना एकसुत्रीय माग राखि जनता समक्ष समेत गएको बताए । नेका प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनस्र्थापना मात्र विरोधको मुद्दा लिएर सडक आन्दोलन गरिएको उनले बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल,डा. डिला सङ्ग्रौला र गुरु घिमिरे संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र वृहत गर्नु पर्ने विचार व्यक्त गरे ।
पुस्तकालयका अध्यक्ष दीपक चापागाई,प्रदेश सभा सदस्य केदार कार्की,प्राज्ञ दधिराज सुवेदी,कविराज न्यौपाने, यदु विष्ट,उद्धव कोइरालालगायतले पुस्तक १ सय ४ वर्षे राणा शासनकाल अन्त्यका लागि गरिएकोे आन्दोलनको एतिहासिक ग्रन्थ हुनुका साथै विस २००७ क्रान्तिको दस्तावेज समेत रहेको विचार व्यक्त गरे ।

सोही अवसरमा वरिष्ठ नेता पौडेलले प्रजातन्त्रिक आन्दोलनका योद्धा देवी डाँगीलाई २१ हजार राशीको मुक्तिप्रसाद यदुनाथ चापागाई सम्मान र कोरोना महामारीले मृत्यु भएकाहरुको शव अन्त्येष्टीमा सक्रिय रुपमा सहयोग पु¥याउने र सङ्क्रमितहरुको घर घरमा सेनेटाइजर गर्ने बरगाछी यूवा समूहलाई १५ हजार राशीको सामाजिक पुरस्कारबाट सम्मान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५