पूर्वाञ्चल खबर
विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताएका हुन् ।
सबै वामपन्थी मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासँग समेत सहकार्यका लागि कुरा भइरहेको संयोजक प्रचण्डले बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने उनले बताए ।
संयोजक प्रचण्डले भने, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’ उनले तत्काल पार्टी एकता नगरेपनि सहकार्य गरेर अघि बढ्ने बताए । आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताए ।
अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए ।