विराटनगर/ मोरङको लेटाङ नगरपालिका – २ फडानीको एकै टोलमा २० जना कोरोना संक्रमित भेटिएका छन् । एउटै टोलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि लेटाङ नगरपालिकाले संक्रमित भेटिएको गाउँनै सील गरि कन्ट्याक ट्रेसिङ्ग सुरू गरेको छ ।
फडानी गाउँमा संक्रमित भएपछि टोललाई सिल गरी उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहिचान गरी कन्ट्र्याक ट्रेसिङ सुरू गरिएको लेटाङ नगरपालिकाको नगर प्रमुख शंकर राईले जानकारी दिए । ‘एउटै गाउँमा संक्रमित धेरै संक्रमित भेटिएपछि अहिले टोल सिल गरि नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरि कन्ट्याक टे«सिङ सुरू गरि स्वाब संकलन गर्न थालिएका छ,; नगरप्रमुख राईले भने, ‘संक्रमण देखिएपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको गर्ने र स्बाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाउने काम भईरहेको छ ।’
फडानीमा एकै परिवारका चार जनासम्म कोराना संक्रमित बनेका छन् । थप धेरैमा पनि कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएकोले बुधबार थप १२ जनालाई पिसिआर परीक्षणका लागि पठाइने भएको छ ।फडानीमा वैशाख ११ र १८ गते गाउँमा दुई वटा विवाहको कार्यक्रम भएकाले विवाह समारोहमा आएका संक्रमितबाट गाउँमा संक्रमिण फैलिएको हुनसक्ने यहाँका स्थानियले आशंका गरेका छन् ।
तपाईको प्रतिक्रिया