AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ कारागारमा कैदीबन्दीको आन्दोलित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०८३, सोमबार ११:०६
3
Shares
विराटनगर / जिल्ला कारागार मोरङमा आज बिहानैदेखि कैदीबन्दीहरू आन्दोलित भएका छन् ।

विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीहरूले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनरत कैदीबन्दीहरूले कारागारभित्र हुने आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् । उनीहरू कारागारको पूर्वी भागको छतमा चढेर नाराबाजी गरिरहेका छन् ।

कारागारभित्र लागूऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा आज बिहान बजेदेखि सुरक्षा निकायले खानतलासी सुरु गरेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कवित कटुवाल लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी ‘सर्च’ अप्रेशन चलाइएको हो ।

जिल्ला प्रहरी प्रमुखले यसलाई नियमित प्रक्रिया भएको बताएका छन् । एसपी कटुवालले भने, ‘कारागारभित्र बेला–बेलामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर खानतलासी र सर्च गर्ने गरिन्छ । यो नियमित प्रक्रियाकै निरन्तरता हो ।’

हालसम्मको खानतलासीबाट कुनै गम्भीर प्रकृतिका अवैध वस्तु फेला परेको जानकारी प्राप्त नभए पनि केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने प्रशासनको तयारी थियो । तर, कैदीबन्दीको अवरोध र आन्दोलनका कारण स्थानान्तरण प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

अहिले कारागार क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कारागारलाई घेरा हालेर सुरक्षा दिइरहेका छन् । स्थिति सामान्य भएपछि स्थानान्तरण गर्नुपर्ने कैदीबन्दीलाई लैजाने प्रशासनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर