ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुपाडी दिएर बाबुको हत्या, हत्या आरोपमा छोराबुहारीसहित ६ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०८१, बिहीबार १७:०९
873
Shares
इलाम / इलाममा बाबुको हत्या आरोपमा छोराबुहारीसहित ६ जना पक्राउ परेका छन् ।

छोराबुहारीले चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रीमती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन् ।

यो समूहले छोरा बुहारीको निर्देशनमा सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोप छ । पक्राउ परेकामध्ये एडवर्ड र मालती धनराजका आफ्नै छोराबुहारी हुन् । इलामका डीएसपी मानबहादुर राईका अनुसार बाबुसँग विवाद भएपछि करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएका थिए । हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको थियो ।

त्यसपछि अम्रिसो किन्न खोज्ने समूहकै व्यक्ति प्रयोग गरेर धनराजको हत्या गरिएको खुलेको डीएसपी राईले जानकारी दिए । माघ २८ गते दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै प्रहरीलाई खबर आएको थियो । आफ्नै घरको भुईंतलामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

रड, फरुवा, आग्लोलगायत प्रहार गरेर धनराजको हत्या भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर