खबर पूर्वाञ्चल
विभिन्न धर्म विशेष कार्यक्रमहरु मनाउने क्रममा क्रिसमस डे को कार्यक्रम पनि मनाएको हो । कार्यक्रमको सुरुवातमा स्कुलमा साना कक्षामा अध्यायनरत स–साना विद्यार्थीहरुले सुमधुर संगित र नृत्यको साथमा नृत्य प्रस्तुत गरेका थिए र सेन्टाक्लसको पोसाक पहिरिएका विद्यार्थीहरुले स्कुल प्राङ्गणको अग्रपंत्तिमा उभिएर कार्यक्रमको शोभा बढाएका थिए ।
कार्यक्रमकै क्रममा कक्षा तीन र सातका छात्र छात्राहरुले छुट्टा छुट्टै गीतमा सामुहिकमा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको समाप्तिसँगै विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई चकलेट वितरण गरिएको थियो ।
कार्यक्रम विद्यालय स्तरकै उत्कृष्ट भएको जनाउदै कार्यक्रमलाई छोटो समयमै राम्रो र सफल बनाउन सहयोग पु¥याउने नृत्य प्रशिक्षक तथा सम्पूर्ण शिक्षक – शिक्षिकाहरुलाई स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले धन्यावाद ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया