RUMPUM
animated ellipse animated ellipse

आइटिएफ तेक्वान्दोको २ दिने सेमिनार सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०८०, शनिबार १८:२६
432
Shares
विराटनगर / नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ ।

आज एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् । मन्त्री लिम्बूले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी देखिएको बताए ।

खेलाडीको मनोबल उच्च राख्न सरकार तयार रहेको उनले बताए । खेलाडीहरुले देशविदेशमा गएर आफ्नो साथै देशका नाम राख्ने काम गरेको छन् । यसले पनि सरकार तथा सरोकारवाल पक्षको ध्यान आकर्षण गरेको मन्त्री लिम्बुले बताए ।

क्रिकेट खेलका खेलाडीहरु विश्वकप खेल्न जाँदै छन् । सरकारले खेल र खेलाडीप्रति गम्भीर भएर लागेकोले नै राम्रो खेल्दै देशको नाम राख्न सफल भएको मन्त्री लिम्बूले बताए । अब सरकारले खेलमा विशेष ध्यान दिँदै देशका विभिन्न स्थानमा नयाँ अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउन डिपिआरलगायतका काम थालिसकेको छ ।

अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक तथा विजयी हुने खेलाडीहरुलाई पुरस्कार तथा सेवासुविधा दिने भनेर खेल नीतिहरु संशोधन गरेको बताउँदै, मन्त्री लिम्बूले भने, ‘खेल नीति संशोधन गरेर ठीक्क पारेर राखेको छौं । त्यसलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिएर काम अघि बढी सकेको छ ।’

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । उनले पछिल्लो खेलकुदका घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको बताए । सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देश नाम राख्न सफल भएको बताए ।

सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरुलाई सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च खेल प्रदर्शन गर्दै पदक ल्याउन सक्नेमा कुनै शंका नभएको अध्यक्ष कार्कीले बताए ।

दुई दिनसम्म हुने सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कलर बेल्टमा प्राविधि अभिमुखीमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना रहेका छन् । उनीहरुले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरु प्रशिक्षण दिने भन्ने विषयमा प्राविधि ज्ञान दिइने छ । सेमिनार भोलीसम्म हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर