AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीमा आयुर्वेद स्वास्थ्यकर्मीका ५ बुँदे माग, मन्त्रालयमा बुझाए ज्ञापनपत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०८३, शुक्रबार २१:१२
45
Shares
विराटनगर /नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले कोशी प्रदेश सरकारसमक्ष आयुर्वेद क्षेत्रको विकास र कर्मचारीको वृत्तिविकाससहित ५ बुँदे माग राखेको छ ।

समाजका कोशी प्रदेश अध्यक्ष वैजनाथ साह नेतृत्वको टोलीले प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. कीर्तिपाल सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै माग पूरा गर्न आग्रह गरेको हो ।

प्रदेश सरकारले आयुर्वेदको दिगो विकासका लागि स्पष्ट गुरुयोजना र रणनीति तयार गर्नुपर्ने समाजको मुख्य माग छ । ज्ञापनपत्र बुझाउने क्रममा समाजकी मोरङ जिल्ला अध्यक्ष सरिता श्रेष्ठले प्रदेशमा आयुर्वेद क्षेत्र उपेक्षित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानु जरुरी रहेको बताइन् ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्य सचिव डा. सुवेदीले आयुर्वेद स्वास्थ्यकर्मीहरूले उठाएका मागहरू जायज रहेको र यस विषयमा मन्त्रालयले आवश्यक छलफल गरी समाधानका लागि पहल गर्ने आश्वासन दिए । टोलीमा प्रदेश अध्यक्ष साहसँगै मोरङ जिल्ला अध्यक्ष सरिता श्रेष्ठ लगायत अन्य पदाधिकारीहरूको सहभागिता थियो । समाजले आफ्ना मागहरू सम्बोधन नभए थप दबाबका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत दिएको छ ।

यस्ता छन् ५ बुँदे मागहरू
१. आयुर्वेदको दिगो विकासका लागि प्रदेश सरकारले तत्काल गुरुयोजना, रणनीति र कार्ययोजना तयार गर्नुपर्ने ।

२. आयुर्वेद तर्फको सांगठनिक संरचना र कर्मचारी दरबन्दीको मस्यौदा तयार गर्दा सरोकारवालासँग अनिवार्य छलफल र सहभागिता गराउनुपर्ने ।

३. स्वस्थ नागरिक स्वस्थ प्रदेशको नारालाई सार्थक बनाउन आयुर्वेद जीवनशैली र योग सम्बन्धी अभियान सञ्चालन गर्ने वैद्य चौथो र अभियानकर्ताहरूलाई उचित पारिश्रमिक र बजेटको व्यवस्था गरी श्रम शोषण अन्त्य गर्नुपर्ने ।

४. संघीय स्वास्थ्य सेवा ऐनअनुसार सेवा अवधि पुगेका आयुर्वेद स्वास्थ्यकर्मीहरूको तह वृद्धि प्रक्रिया कोशी प्रदेशमा पनि तत्काल कार्यान्वयन गर्नुपर्ने । अन्य प्रदेशमा तह वृद्धि भइसकेकाले यहाँका कर्मचारीमा देखिएको नैराश्यता चिर्न कानुनी बाधा हटाउनुपर्ने ।

५. स्वास्थ्य पर्यटन र रोजगारस् प्रदेशमा पञ्चकर्म सेवाको प्रवर्द्धन गरी ुस्वास्थ्य पर्यटनु का रूपमा विकास गर्नुपर्ने र बेरोजगार आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर