मोरङमा ७ सहित प्रदेश १ थप १० जनाको मृत्यु, मृतकको संख्या ७८४ पुग्यो

खबर पूर्वाञ्चल, १० जेष्ठ २०७८, सोमबार १९:४१

विराटनगर / पछिल्लो २४ घण्टामा मोरङमा ७ सहित प्रदेश १ मा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ७८४ गुगेको छ ।

प्रदेश १ कोे विभिन्न अस्पतालमा ९ जनाको उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, झापामा १ जना र ओखलढुंगामा १ जनाको मृत्यु भएको छ ।

विराटनगरको नोबेल मेडिकल कलेजमा ३, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा २ र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–६ की एक महिलाको भने होम आइसोलेसनमा मृत्यु भएको छ ।

विराटमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना पुष्टि भएकी महिलाको उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ८० वर्षीय वृद्धा पुरुषको पनि विराटमै बिहान १ः५० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ८ गते अस्पताल भर्ना गरिएको जानकारी थियो ।

नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको बिहान ९ः४० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको छ । बिहान ४ बजेतिर उनको मृत्यु भएको दाहालले जानकारी दिए । उनका अनुसार महिलालाई उपचारका लागि वैशाख ३१ गते भर्ना गरिएको थियो ।

धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्ध पुरुषको पनि कोरोनाका कारण नोबेलमाा मृत्यु भएको छ । उनको मृत्यु बिहान ४ः१५ बजेतिर भएको हो । वृद्धलाई उपचारका लागि जेठ ३ गते अस्पताल भर्ना गरिएको थियो ।

कोशी कोभिडमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार जेठ ३ गते भर्ना गरिएका उनको राति १२ः२० बजेतिर मृत्यु भएको हो ।

सुन्दरहरैँचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । जेठ ५ गते कोरोना पुष्टि भएपछि उनी घरमै होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।

उता इलामको सूर्योदय नगरपालिका–३ मेहलबोटेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। आइतबार राति ६८ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष होम कार्कीले जानकारी दिए।

संक्रमितलाई स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि झापातर्फ लगिएको थियो। झापामा भेन्टिलेटर नपाएपछि उनलाई नोबल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यस्तै ओखलढुंगामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका ११ की ५८ वर्षीया महिलाको सोमबार ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताए।

जेठ ७ गते उनीमा कोरोना पुष्टि भएको थियो । मृतक श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा १० का ७२ बर्षीय वृद्धको बिहान ३ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोखरेलले जानकारी दिए । मृतक उच्च रक्तचाप र मधुमेहका विरामी थिए । उनलाई जेठ २ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

बीपीमै धनकुटा ४ का ६४ बर्षीय वृद्धको आइतबार राति ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको छ। उनलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो भने जेठ ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५