सिटिजन लाइफद्वारा रगतको कमी पूर्ति गर्न खुल्ला रक्तदान

खबर पूर्वाञ्चल, २ कार्तिक २०७९, बुधबार १८:२७
450
Shares
विराटनगर / मोरङ जिल्लामा रगतको अध्याधिक कमिका कारण अकालमा हुने नागरिकको मृत्युलाईलाई बचाउन आज यहाँ खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड प्रदेश नं १ कार्यालय विराटनगरले आफ्नो पाँचौ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहाँ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी , वीमा अभिकर्ता र सर्वसाधारण गरी ६० जनाले एक÷एक पिण्ट रगत दान गर्नु भएको शाखा प्रमुख केदार न्यौपानेले जानकारी दिए ।

इन्सुरेन्सले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फलफुल वितरण, प्रभातफेरी , नागरिकमा विमा सम्वन्धी जनचेतना जागरुक, सरसफाई लगायत कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

मोरङ जिल्लामा रक्तदानको कमीका कारण विरामी भएको अवस्थामा गर्भवती महिला,बालवालिका,जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने रगतको कमीपूर्ति गर्न सबै सङ्घसंस्थाहरुलाई खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न नेपाल रेडक्रस सोसाइटी मोरङले आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५