animated ellipse animated ellipse

पीसीआर परीक्षणको दायरा बढाउन माग राख्दै काँग्रेसको विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७७, मंगलवार २०:०२
3
Shares
विराटनगर / नेपाली कांग्रेस मोरङले जिल्लामा कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण, व्यवस्थित क्वारेन्टाइन, पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने लगायतको विभिन्न माग राख्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

आज विराटनगरमा विरोध प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

क्वारेन्टाइनमा थप चिकित्सकको व्यवस्था गर्नुपर्ने, संघ र प्रदेश सरकारले मापदण्ड अनुसारको क्वारेन्टाइन व्यवस्थापनका लागि स्थानीय तहलाई बजेट उपलब्ध गराउनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख छ ।

कांग्रेसले जिल्लामा १ हजार शैयाको आइसोलेसन वार्डका साथै कोभिड १९ अस्पतालको संख्या पनि बढाउनुपर्ने माग समेत राखेको छ ।

कारागारमा रहेका कैदीबन्दीहरुलाई उचित स्वाथ्योपचारको व्यवस्था गर्नुपर्ने, अग्रपंक्तीमा खटिनेहरुलाई व्यक्तिगत सुरक्षाको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधीमा विद्यार्थीहरुले तिर्नुपर्ने शुल्क मिनाहा गर्नुपर्ने, विदेशबाट फर्किन चाहनेलाई सहुलियत खर्चमा नेपाल ल्याउनु पर्ने, कोभिड १९ नियन्त्रणमा सरकारले गरेको खर्चमा व्यापक अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने माग राख्दै कांग्रेसले ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर