animated ellipse animated ellipse

मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०७९, शनिबार १७:३८
171
Shares
विराटनगर / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा पाहुना टोली भारतको शम्सेर क्लब कानपुरलाई ५ विकेटले पराजित गरि एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो ।

कानपुरले दिएको ९८ रनको सामान्य विजय लक्ष्य घरेलु टिम विराटनगरले १० दशमल २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । विराटनगरका अनुभव श्रीवास्तवले २५ रन बनाउँदा विद्यान गोस्वामीले २२ रन र विपिन श्रवणले १९ रनको योगदान दिए । कानपुरका निकासन कसेबले ३ विकेट, हिमान्सु पाठक र मन्दिप यादवले समान १ –१ विकेट लिए ।

यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको कानपुरले १७ दशमल ३ बलमा सवै विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । कानुपुरका हिमान्सु पाठकले ३३ रन बनाउँदा मन्दिप यादवले १२ रन र दिपम कुमारले ११ रन बनाए ।

विराटनगरका प्रशान्त कुमारले ३ विकेट लिँदा रन्जित कुमार र अनिमेषले समान २–२ विकेट लिए । म्यान अफ द म्याच विराटनगरका अनुभव श्रीवास्तव घोषित भए ।

त्यसैगरि दोस्रो खेलमा कटहरी त्रिकेट क्लबलाई ५८ रनले पराजित गर्दै आयोजक मिल्स एकेडेमी विराटनगर क्वाटरफाइनलमा पुगेको छ । आज दिउँसो पानी परेपछि ५ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको आयोजकले ५ ओभरमा ४ विकेट गुमाई १ सय रनको विशाल योगफल खडा गरेको थियो । मिल्सका अभिनन्दन कुमारले ३६ रन बनाउँदा मोहित चन्दनले १९ रनको योगदान दिए । अकटहरीका अमलन यादवले सवौधिक ३ विकेट लिए ।

१ सय १ रनको विशाल विजय लक्ष्य पछ्याएको कटहरीले ५ ओभरमा ५ विकेट गुमाइ ४३ रनमा सिमित भयो । कटहरीका सम्राट राईले २४ रन बनाउँदा पंकज कुमारले १६ रन बनाए । मिल्सका तानिस कुमारले सर्वाधिक २ विकेट लिए ।

खेलको म्यान अफ द म्याच मिल्सका अभिनन्द कुमार घोषित भए ।

आइतबारको पहिलो खेल होराइजन क्रिकेट क्लब र वाइआरसिस क्रिकेट क्लब विराटनगरबीच हुनेछ । दोस्रो खेल मिल्स क्रिकेट एकेडेमी र एनबीएससी विराटनगर बिच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर