पूर्वाञ्चल खबर
पुष्पलाल श्रेष्ठ कम्यूनिष्ठ पार्टीको सूत्रधार तथा जन्मदाता हुन भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तीका लागि रणा विरुद्ध आन्दोलन गर्ने कमान्डर हुन । उनी वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी पनि हुन ।
प्रदेश प्रमुख कार्यालय विराटनगरमा सपथ ग्रहण कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्रीले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकमा फुलमाला लगाएर माल्यार्पण गरेका हुन् ।
कोशी प्रदेशमा कांग्रेसले पहिलो पटक नेतृत्व लिएपछि मुख्यमन्त्री थापाले प्रजातान्त्रिक आन्दोलनका दुवै नेतालाई स्मरण गरेका हुन् । प्रजातन्त्र ल्याउन दुवैको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै थापाले भने, हाम्रो लागि दुवै नेता प्रति उच्च समान र सदभाव छ ।
जुन पार्टीले प्रदेशको नेतृत्व लिन्छ त्यही पार्टीका सम्मानित नेताको मात्र स्मरण गर्दै माल्यार्पण गर्ने विगतको प्रचलनलाई मुख्यमन्त्री थापाले क्रमभगं गरेर सवै नेताको उच्च सम्मान गरेका हुन् । थापाले माल्यार्पण सकेर मात्र मुख्यमन्त्रीको पदभार ग्रहण गरे र मन्त्रीपरिषदको बैठक गरे ।
मुख्यमन्त्री थापासहित गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका बाबुराम गौतम ,काग्रेसबाट सिचाई उर्जामन्त्री बनेका प्रदिप सुनवार र नेकपा एसबाट भौतिक पूर्वाधार मन्त्री बनेका कमल जवेगुले पनि दुवै नेताको शालिकमा माल्यार्पण गरे ।