खबर पूर्वाञ्चल
बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते अवस्थाका चालक राईलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याएको थियो। प्रहरी निरिक्षक लम्सालका अनुसार अस्पताल पु¥याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।
तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भई ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उनले बताए। एम्बुलेन्समा चालक मात्रै रहेको लम्सालले बताए।
दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ।