खबर पूर्वाञ्चल
नगरसभाका सभाध्यक्षसमेत रहेका नगर प्रमुख दिलिप बगडीयाले उपप्रमुख भूमा पराजुलीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिए ।
नगरसभामा उपप्रमुख पराजुलीले ९६ करोड ४० लाख ८९ हजार ७ ससय ३५ रुपैयाँ बराबरको आय व्यव विवरण प्रस्तुत गरिन् । उपप्रमुख पराजुलीले चालु तर्फ ४८ करोड ८१ लाख १६ हजार ७ सय पैतिस रुपैयाँ, पूँजीगततर्फ २४ करोड ५९ लाख ७३ ११ हजार रुपैयाँ र सामाजित सुरक्षा भत्तातर्फ २३ करोड बजेट विनियोजन गरिएको सभामा जानकारी दिइन्।
चालु खर्च भित्र रंगेली अस्पताल व्यवस्थापन, किसानको सिँचाई मिटरको बिल, सडक वत्तिको विल, अति विपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायतका खर्च रहेका छन् ।
कुल विनियोजित बजेट मध्ये आर्थिक विकास तर्फ ४१ करोड १६ लाख ५० हजार, सामाजिक विकासमा १२ करोड २ लाख ३२ हजार ३ सय ४०, पूर्वाधार विकास तर्फ २२ करोड १ लाख ८४ हजार ३ सय ९५, उद्योत तर्फ २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी सञ्चार तथा सूचना प्रविधि अन्तर्गत ९७ लाख ५० हजार, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रका लागि ७२ लाख, विपद व्यवस्थापनमा ७० लाख, कार्यालय सञ्चाला तथा प्रशासनिक खर्चतर्फ ३१ करोड ७ लाख २० हजार, अन्य क्षेत्रमा १ करोड ४५ लाख ५३ हजार र सामाजिक सुरक्षा भत्तामा २३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताइन्।
नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि सर्वसम्मत पारित भएको छ । छलफलपछि सभाध्यक्ष बगडीयाले आर्थिक वर्ष २०८२÷०८३ को नीति, कर्यक्रम तथा बजेट पारित भएको घोषणा गरे ।
नगरसभाको अवसरमा विभिन्न विद्यालयमा कार्यरत शिक्षक/शिक्षिका, उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु र सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।
नगरसभापछि मेयर बगडीयाले आगामी आर्थिक वर्षमा चालु अवस्थामा रहेका बहुवर्षि योजना, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखिएको जानकारी दिए ।
‘हामीले सवैभन्दा बढी कृषि, स्वास्थ्य र शिक्षालाई फोकस गरेका छौँ ।’ मेयर बगडीयाले भने ,‘पुराना र वहुवर्षिय अधुरा रहेका योजनाहरुलाई प्रथामितामा राखेर पहिले सम्पन्न गर्नेगरी बजेट ल्याए छौँ । योजनाकै लागि योजना हालेर हामी हिँडेका छैनौँ । एकमतका साथ बजेट पारित गरेका छौँ ।’