खबर पूर्वाञ्चल
संस्थाको सभाहलमा असार ६ गतेदेखि संचालन गरिएको उक्त तालिममा कुनैपनि रासायनिक मल र विषाधि विना कौशी खेती कसरी गर्ने, करेशावारी खेती कसरी गर्ने भनेर सहभागीहरुलाई मौखिक र प्रयोगात्मक प्रशिक्षण दिएर गरिएको थियो ।
तालिमका प्रशिक्षक लोकेन्द्र थापाले सहभागी सहकारीका महिला सदस्यहरुलाई तरकारी वाली लगाउने स्थानको माटो कसरी तयार पार्ने, वेर्ना कसरी उमार्ने, जैविक मल र विषाधि कसरी तयार पार्ने भनेर सिकाएका थिए । साथै प्रशिक्षक थापाले विरुवामा मल,पानी र विषाधिको प्रयोग के , कसरी र कतिमात्रामा गर्ने भनेरपनि सिकाएका थिए । उनले कौशी र करेशावारीमा खासगरि लहरेवाली, जरेवाली,कोशेवालीका साथै पातेवाली सागपात लगाउन सकिने भएकोले त्यसकालागि आफ्नै घरबाट उत्पादन हुने सड्ने खालका फोहोरलाई मल बनाउने विधिसमेत सिकाएर त्यसको प्रयोग गर्ने तरिकापनि सिकाएका थिए ।
संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद खनालले सहकारीमा आवद्ध भएका महिला सदस्यहरुलाई कौशी र करेशावारी खेतीको तालिम दिएर उनीहरुको भान्सामा अग्र्यानिक तरकारी पु¥याई थोरै भएपनि स्वस्थ्य राख्ने र तरकारीमा आत्मनिर्भर बनाई खर्च कटौती गराउने उद्देश्यले संस्थाले यो तालिम आयोजना गरेको बताए । उनले सहकारी संस्थाहरुले सामाजीक उत्तरदायीत्वपनि निर्वाह गर्नुपर्ने र आफ्ना सदस्यहरुलाई उत्पादनसँगपनि जोडेर उत्पादनशिल बनाउँदै आत्मनिर्भर र व्यवसायीकपनि बनाउनुपर्ने कर्तव्य र जिम्वेवारी रहेकोले यस किसिमको तालिम आयोजना गरिएको स्पष्ट पारेका थिए ।
संस्थाकी महिला परिचालन उपसमितिकी संयोजक सीतादेवी खड्काको संयोजकत्वमा भएको तालिमको उद्घाटन वडा नम्बर ३ का वडाध्यक्ष बासुबहादुर बस्नेतले गरेका थिए भने तालिममा ६० जना महिला शेयर सदस्य र १० जना पुरुष सदस्य गरि ७५ जनाको सहभागीता रहेको थियो ।