RUMPUM
animated ellipse animated ellipse

सामाजिक कार्य र शिक्षा शास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ पुष २०७९, बुधबार १८:१७
360
Shares
विराटनगर/ पूर्वाञ्चल विश्वविद्यायको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्सले सामाजिक कार्य र शिक्षा शास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखिकरण गरेको छ ।

कला, कानून तथा शिक्षा संकायका निवर्तमान डिन तथा सह–प्राध्यापक डा. कृष्णप्रसाद पाण्डे, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुख तथा सह–प्राध्यापक डा. कोमल दुलाल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, निवर्तमान क्याम्पस प्रमुख तथा सह–प्राध्यापक डा. रमेशबाबु काफ्ले, उपप्राध्यापकहरू नित्यानन्दकुमार साह, पुकार चौधरी, शंकर दाहाल, मनोज मेहता, डा. नागेश्वरप्रसाद राजपुतलगायतले विद्यार्थीहरूलाई अभिमुखिकरण गरेका थिए । सामाजिक कार्यको बी.एस.डब्ल्यु. र शिक्षा शास्त्रतर्फ बी.एड. अध्यापन गर्दै आएको जनता आदर्श बहुमुखी क्याम्पसले यो शैक्षिक सत्रदेखि सामाजिक कार्यको स्नातकोत्तर (एम.एस. डब्ल्यु.) र शिक्षा शास्त्रतर्फको स्नातकोत्तर (एम.एड.) तहको अध्यापन गर्दैछ ।

क्याम्पसले एम. एस. डब्ल्युको अध्यापन शुरू गरेसँगै सामाजिक कार्यको स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीले संघीय राजधानी काडमाण्डौं जानुपर्ने अबस्थाको अन्त्य भएको छ । राजधानी बाहिर सामाजिक कार्यमा स्नातकोत्तर तहको अध्यापन पहिलो पटक पूर्वाञ्चल विश्व विद्यालयले शुरू गरेको हो । यसअघि सामाजिक कार्यमा स्नातकोत्तर तहमा अध्यापन गर्न चाहने विद्यार्थीले काठमाण्डौं जानुपर्ने अबस्था थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर