RUMPUM
animated ellipse animated ellipse

लेटाङ घटनामा भएको प्रहरी जवानको हत्यामा संलग्नलाई कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७८, सोमबार १३:३६
486
Shares
विराटनगर / मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

आज मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको गर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले अपराधमा संलग्नले उन्मुक्ति नपाउने समेत बताए । आइतबार १४ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

प्रधानमन्त्री देउवाल स्थानीय तहको निर्वाचन पनि तोकिएकै मितिमा हुनेमा विश्वस्त हुन आग्रह गरे । सरकारको निर्वाचन सार्ने कुनै मनसाय नरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् । नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर