AArya
RUMPUM
animated ellipse animated ellipse

युवा व्यवसायी भट्टराई ‘नाट्टाको’ वरिष्ठ उपाध्यक्ष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०७७, शनिबार १९:१०
5.26k
Shares
विराटनगर / नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश १ को वरिष्ठ उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी पुण्यप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

झापाको विर्तामोडमा आज सम्पन्न भएको नाट्टाको ९ औं वार्षिक साधारण सभाले भट्टराई वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

भट्टराईको विराटनगरमा इस्टन एसिया नामक ट्राभल रहेको छ । पर्यटन व्यवसायी समेत रहेका भट्टराई विभिन्न सामाजिक संघसंस्थाहरूमा आवद्ध भई सामाजिक कार्यहरू पनि गर्दै आएका छ ।

नाट्टाको प्रदेश अध्यक्षमा उदयकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा ऋषिराज तिम्सिना, महासचिब नविन खरेल, सचिव सुरेन्द्रप्रसाद पौडेल र कोषाध्यक्षमा सजीत तामाङ्ग निर्वाचित हुनुभएको छ । समितिको अन्य सदस्यहरूमा जीवन पराजुली, मनरथ सिलवाल, धर्मराज शिवकोटी र चक्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

निर्वाचित भएका पदाधिकारीहरूलाई निर्वाचन संयोजक तथा अधिवक्ता तेजप्रसाद कट्टेल, नाट्टाका केन्द्रीय सदस्य तथा निर्वाचन समितिको सदस्य हरिकुमार श्रेष्ठ र निर्वाचन समिति सदस्य हिमाल खरेलले प्रमाण पत्र वितरण गरे । प्रदेश १ मा नाट्टाका ५३ जना सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर