AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट गाइघाटतर्फ जादै गरेको बस कोशी ब्यारेजको पुलबाट नदीमा खस्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०८१, बिहीबार १८:५९
1.04k
Shares
विराटनगर / कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा आज साँझ खसेको छ ।

विराटनगरबाट यात्रु लिएर गाइघाटतर्फ जादै गरेको बस साँझ करिब ६ बजेर ५ बजे बस कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।‘बस खसेको प्रारम्भिक जानकारी आएको छ, थप विवरण खुलेको छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछौं ।’

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर