RUMPUM
animated ellipse animated ellipse

विर्तामोडका उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ आश्विन २०८०, बिहीबार १७:५२
963
Shares
झापा / झापाको विर्तामोडका उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी परेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका अनुसार झापा विर्तामोड–१ निवासी खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी दर्ता भएको छ । भदौ २२ गते ईप्रका अनारमनिमा उजुरी दर्ता भएपनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको पीडित पक्षको गुनासो रहेको छ ।

खतिवडाको विरुद्धमा उजुरी दर्ता भएको जनाएका इप्रकाका प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार पीडकको खोजी कार्य भइरहेको बताए । उनका अनुसार आर्थिक लेनदेनको पाटोमा प्रहरीले खतिवडालाई खोजी गरिरहेको भएपनि पक्राउ गर्न नसकिएको बताए । प्रहरी नायब उपरिक्षक कार्कीले खतिवडा विर्तामोडमा भए नभएको बारे खोजी भइरहेको र प्रक्रिया अनुसार विस्तारै काम हुने बताए ।

अर्कोतर्फ, पिडित विर्तामोड–१ का रामकुमार राउतले छिमेकीको नातामा रहेका खतिवडालाई जग्गा खरिदका लागि २६ लाख ५९ हजार रुपैया सापटी दिदाँ समस्या आएको बताए । परिवार सदस्यबाट रकम झिकाएर खतिवडालाई उपलब्ध गराएको बताएका राउतले भने, ‘खतिवडाले विर्तामोड–९ की एक महिलाको नाममा रहेको जग्गा पास गर्न आश्वासन दिएका थिए । सोही अनुरुप परिवार सदस्यबाट रकम झिकाएर दिएको अहिले फसियो । न प्रहरीले खोजविनमा तदारुकता दिन्छ । न उसले रकम ।’

पिडित राउतका अनुसार खतिवडालाई आवश्यक परेको रकम २०७९ असोज ४ गते ५ लाख, सोही महिना १३ गते ३ लाख ५० हजार, कार्तिकमा ४ लाख ५० हजार, कार्तिक २५ मा ६० हजार, पुष २९ गते ९ लाख ९९ हजार, चैत्र ५ गते २ लाख, चैत्र ६ गते १ लाख रुपैया आफन्तमार्फत बैकमा जम्मा गरिदिएका हुन् ।

पिडित पक्षले खतिवडाविरुद्ध सुरुमा उजुरी गर्न पटकपटक इलाका प्रहरी कार्यालय पुग्दासमेत उजुरी दर्ता हुन सकेको गुनासो गरेको छ । ४६ वर्षिय राउतले भने, ‘प्रहरीले कम्तीमा पनि खतिवडालाई झिकाएर कुरा गराउला भन्ने आशा थियो । तर, उजुरी समेत दर्ता गर्न सुरुमा आलटाल गर्यो । एउटा उजुरी गर्न समेत विभिन्न साथीभाई, अग्रजलाई तोकता गर्नु पर्यो ।’

पिडित पक्षको बुझाईमा पीडक खतिवडा प्रहरीको सम्पर्कमा रहेकाछन् । उनले भने, ‘उनलाई प्रहरीले खोज्दै छौ मात्र भन्छ । विर्तामोडमै भए उजुरी दर्ता गरेको एघार १२ दिन भएको छ । तर, केही सुइको समेत लाग्न सकेको छैन।’ अर्कोतर्फ, खतिवडा भने, केहीदिनमा रकम उपलब्ध गराउने बताउँछन् । उनले भने, ‘एकदुईदिनभित्र उहाँको रकम फिर्ता गर्छु । एउटा जग्गा बैना भएपछि सानो रकम दिन्छु । र चाडैनै सबै रकम फिर्ता गर्नेछु ।’

पिडित पक्षका अनुसार खतिवडाबाट अन्य स्थानीयलाई समेत पीडित भएकाछन् । खतिवडाले प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, केन्द्रीय नेताको रवाफ देखाउने गरेको पीडितको भनाई छ। खतिवडाले एक राष्ट्रिय हास्य कलाकारको परिवार सदस्यलाई समेत लाखौं रुपैया ठगि गरेको छन् । हास्य कलाकारको परिवारलाई समेत रकम फिर्ता गर्ने पटक पटक वचन दिएका खतिवडा अहिले चाडै तिर्ने बताउँदै आएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार