खबर पूर्वाञ्चल
कलेज परिसरमा आज पत्रकार सम्मेलन गरी आइटिको क्षेत्रमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने उद्देश्यले दक्ष शिक्षक र प्रध्यापकहरू राखेर कार्यक्रमहरू संचालन गर्ने योजना रहेको जानकारी गराएको हो ।
कलेजका सञ्चालक दिनेश दाहालले नयाँ आएको व्यवस्थापकीय टिमले विराटनगरमा प्रविधिको क्षेत्रमा एक अब्बल शैक्षिक संस्थाको रुपमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने योजना बनाएर अगाडी बढेको बताए । ‘त्यसको लागि हामीसँग प्रयाप्त मात्रमा पूर्वाधार र आइटिको ल्याब रहेको छ । थप नयाँ टेक्नोलोजीको बारेमा अपग्रेड बढाउनको लागि काठमाण्डौंबाट पनि हामी दक्ष प्राविधिक भित्र्याउने छौं र विराटनगरमा आइटि कलेजको रुपमा विराट क्षितिजलाई परिचित गराउने हाम्रो योजना रहेको छ,’ सञ्चालक दाहालले भने ।
कलेजको नयाँ व्यवस्थापकिय र प्रशासकीय नेतृत्व दिनेश दाहाल, ज्ञानेन्द्र कार्की र कान्तिपुर एजुकेशन फाउण्डेशन मोरङ प्रालिले गर्नेछन् । प्राविधिक शिक्षाको माग विश्व बजारमा बढीरहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सक्षम र दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढने अर्का सञ्चालक ज्ञानेन्द्र कार्कीले बताए ।
कोशी प्रदेशको राजधानी रहेको विराटनगर शैक्षिक हबको रुपमा विकास भइरहेको अवस्थामा नयाँ व्यवस्थापकीय टिमले सञ्चालन गरेको विराट क्षितिजले थप शिक्षा क्षेत्रमा थप नयाँ उचाइ हासिल गर्ने कान्तिपुर एजुकेशन फाउण्डेशन मोरङका अध्यक्ष भुवन नेपालले बताए ।
त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको विराट क्षितिजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ । सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने उनले फाउण्डेसनका अध्यक्ष नेपालले बताए ।