खबर पूर्वाञ्चल
नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी हुँदै सिरिज जितेको हो । नेपालले पहिलो खेल ७ रनले जितेको थियो । आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो । सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ ।
त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५ दशमलव १ बलमा ६ विकेट गुमाएर ।
नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७ रन , देव खनालले ७६ रन , अनिलकुमार साहले ५० रन ,भीम सार्कीले २३ रन र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १० रन , कुशल मल्ल र सोमपाल कामीले समान ९–९ रनमा नटआउट रहे ।
२० बलको सामना गरेका अनिलले ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । अनिलले एकदिवसीय अन्तरराष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमानी समेत बनाएका छन् । यसअघि पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ सेखले २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८५ रनको स्कोर खडा गरेको थियो । क्यानडाका लागि अरुन जोनसेनले सर्वाधिक ६५ रनको योगदान गरे । नवनीत धलिवालले ४६ रन, श्रीयांश मोभाले ४० रन, प्रगत सिंहले ३८ रन, निकोलस किर्टनले २० रन र दिलप्रीत बाजवाले १९ रनको योगदान गरे। क्यानडा दुई खेलाडी बाहेक सबै ब्याटरले दोहोरो अंकको रन बनायो
नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २–२ विकेट तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १–१ विकेट लिए । सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन् ।
तपाईको प्रतिक्रिया