animated ellipse animated ellipse

मोरङबाट ८ जना विद्यार्थीले ल्याए ४ जीपीए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ असार २०८१, शुक्रबार ०७:१३
189
Shares
विराटनगर / मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।

विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । जसमा एभरेष्टकी कृतज्ञ दाहाल, राजुकुमार साह र सुब्रत बरालले ४ जीपीए ल्याएका छन् । यसैगरी पथरीस्थित रेडस्टार स्कुलबाट अजय लिम्बु र सतिस आचार्यले ४ जीपीए ल्याएका छन् ।

विराटनगरस्थित बुढानिलकण्ठ स्कुलकी सिरिन भट्टराई, सगरमाथा स्कुलकी प्रतिभा रौनियार र उर्लाबारीस्थित पशुपति आवसीय माविकी अन्वेशा बस्नेतले ४ जीपीए ल्याएकी हुन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर