RUMPUM
animated ellipse animated ellipse

सङ्घीयतामा विकासको बिकेन्द्रीकरण हुन्छ – मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ फाल्गुन २०७८, शनिबार १९:२६
198
Shares
विराटनगर / सङ्घीयतामा विकासको बिकेन्द्रीयकरण हुने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् ।

प्रदेश १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित आर्थिक सम्मेलनमा उनले सङ्घीयतामा प्रदेश निर्माणको कारण यहाँका १४ जिल्लामा पूर्वाधार निर्माण दामासाही रुपमा भइरहेको बताए ।

मुख्यमन्त्री राईले सङ्घीयताको सुन्दर पक्ष भनेको मुलुकमा रहेको विकासको खाडललाई पुर्दै जानु हो भन्दै प्रदेशको मूल्याङकन गर्ने समय अहिले नभएको चर्चा गरे । उनले प्रदेश सरकर शुन्यको अवस्थामा शुरु भएको स्मरण गराउँदै केन्द्रीय सरकारले अनुदान , राजश्व वाँडफाँड, राजश्व संकलनको सिमीत क्षेत्र भएकोले रकमको अभावले जनतालेको चाहना अनुसार सोचिएको तोकिएको अनुसार कार्य गर्न नसकेको विचार राखे ।

नेपाल राष्ट्र बंैकका गर्भनर महाप्रसाद अधिकारीले विगत ६÷७ महिनामा मुलुकमा विप्रेषण वृद्धि कम र आयात अध्याधिक भएका कारण आर्थिक समस्या उत्पन्न भएको बताए । उनले ठुला उद्योगी, व्यापारीहरुलाई कर्जा लिन केही समस्या भएको महशुस भएको चर्चा गर्दै बजारलाई सहजता होस भन्नका लागि राष्ट्र बैंकका रु ३२६ अर्व रकम वैंकहरुलाई चलाउनु दिएको जानकारी दिए ।
उनले अर्थतन्त्रमा उतार चडावको समयमा उद्योगी, व्यापारीले सरकारलाई सहयोग गर्न आग्रह गर्दै कोभिडको कारण मुलुकमा मूल्यवृद्धि भएको जानकारी दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस क्षेत्रमा औद्योगिक ग्राम स्थापना भएमा नागरिकको आयआर्जन वृद्धि हुनाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मी, प्रदेश लगानी वोर्डका कार्यकारी अधिकृत सरोज कोइराला, पूर्व अर्थ सचिव रामेश्व खनालले भारतीय पर्यटकलाई यस क्षेत्रमा आकर्षण गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छा, बाह्रखरी मिडियाका सम्पादक प्रतिक प्रधान,नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले भारत , वंगलादेशको उपभोक्तालाई ध्यानमा राखी उद्योगीक उत्पादन र पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
सोहीअवसरमा मुख्यमन्त्री राईले औद्योगिक सर्वेक्षण तथ्याङक पुस्तको विमोचन समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर