RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आज विहान मृत फेला परेकी महिलाको पहिचान खुल्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०८०, शनिबार १३:००
7.73k
Shares
विराटनगर / विराटनगर – १२ स्थित पाञ्चालिमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि आज विहान मृत फेला परेकी थिइन् ।

मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर रहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

मृतक महिलाको माइती सुनसरीको चकरघटी रहेको छ । उनी विराटनगर बसापार्कमा बस्ने गरेको बुझिएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

घटना मुचुल्का गरी शव पोस्मार्टमको लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको डिएसपी श्रेष्ठले बताए । पोस्मार्टमपछि थप विषय खुल्ने उनले बताए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर