AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ भाद्र २०८३, बिहीबार १९:१४
3
Shares
विराटनगर /ब्राइट भिजन ल कलेज विराटनगरले बीएएलएलबीमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

नयाँ शैक्षिक सत्रमा अध्ययन सुरु गरेका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, पाठ्यक्रम तथा अध्ययनका क्रममा अपनाउनुपर्ने विषयबारे जानकारी गराउने उद्देश्यले आज अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कलेजका प्रमुख तथा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले कानून शिक्षा अध्ययन गर्ने विद्यार्थीले अध्ययनप्रति लगनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । कानून विषयको अध्ययन अन्य विषयभन्दा फरक र व्यावहारिक प्रकृतिको हुने भएकाले विद्यार्थीले नियमित अध्ययनसँगै विषयवस्तुको गहिरो ज्ञान हासिल गर्नुपर्ने उनको भनाइ थियो ।

बरिष्ठ अधिवक्ता आचार्यले कलेजले विद्यार्थीलाई शैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक तथा सीपमूलक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको बताए । कानून अध्ययनपछि व्यावसायिक क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीका लागि विषयगत ज्ञानसँगै व्यवहारिक सीप पनि आवश्यक हुने भएकाले त्यसतर्फ कलेजले विशेष ध्यान दिएको उनले जानकारी दिए । उनका अनुसार बीएएलएलबीको नयाँ पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि सेमेस्टर प्रणालीमा सञ्चालन भएको छ । नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीलाई अध्ययन गराउने क्रममा शैक्षिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास भइरहेको उनले बताए ।

ब्राइट भिजन ल कलेजमा बीएएलएलबीमा विद्यार्थी भर्नाको क्रमसमेत जारी रहेको कलेज प्रमुख आचार्यले जानकारी दिए । चालु शैक्षिक सत्रमा करिब ८० जना विद्यार्थी बीएएलएलबीमा भर्ना हुने अपेक्षा गरिएको उनले बताए ।

कलेजमा कोशी प्रदेशका विभिन्न जिल्लासहित अन्य प्रदेशबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन ।

कलेजका अनुसार ब्राइट भिजन ल कलेज सन् २०१० मा काठमाडौँ उपत्यकाबाहिरबाट सञ्चालनमा आएको पहिलो कानून कलेज हो ।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई नयाँ पाठ्यक्रम, सेमेस्टर प्रणाली, अध्ययनको तौरतरिका तथा कानून शिक्षामा आवश्यक अनुशासन र लगनशीलताबारे जानकारी गराइएको थियो । कार्यक्रममा कलेजका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर