स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा संचालन गर्न प्याब्सनको माग

खबर पूर्वाञ्चल, ३ भाद्र २०७८, बिहीबार १८:०३

विराटनगर / स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई खोपको व्यवस्था गरि कक्षा १२ को वार्षिक परीक्षा संचालन गर्नुपर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले माग राखेको छ ।

कक्षा १२ को परीक्षा उत्तिर्ण हुने विद्यार्थीले देश–विदेशका विश्वविद्यालयमा प्रवेश पाउने र मेडिकल, ईन्जिनियरिङ्ग लगायत उच्च शिक्षामा भर्ना हुने अत्यावश्यक खुड्किलो भएको हुँदा परीक्षा रोकिँदा लाखौं विद्यार्थीहरुको एक शैक्षिक सत्र खेर जाने निश्चित भएकोले हुनाले १५ दिन भित्रमा परीक्षा गर्नुपर्ने माग राखेको हो ।

‘कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थी र सबै शिक्षक–कर्मचारीहरुका लागी अविलम्ब खोपको व्यवस्थापन गरी १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गरिनुपर्ने,’ प्याब्सनका अध्यक्ष टिकाराम पुरीले आज जारी गरेको विज्ञप्तीमा उल्लेखछ ।

शैक्षिक सत्र २०७७ मा ८–९ महिना विद्यालयहरु बन्द रहेको र शैक्षिक सत्र २०७८ मा समेत हाल सम्म विद्यालयहरु भौतिक रुपमा सञ्चालन हुन नसकेको र अनलाईन लगायतका वैकल्पिक माध्यमबाट विद्यालयहरुले निरन्तरता दिईरहेको विज्ञप्तीमा उल्लेखछ ।

यसैगरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २० कार्तिकमा जारी गरेको “विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७” द्वारा निर्देशित विधिको पूर्ण पालना गर्ने गरी महामारीको संक्रमण कम हुँदै गएको क्षेत्रहरुमा भौतिक रुपमा क्रमश विद्यालयहरु खोल्ने निर्णय पालिका स्तरमा गर्न सक्ने वातावरण बनाईदिन पनि प्याब्सनले संघिय, प्रदेश सरकार, स्थानीय पालिका, सरोकारवाला संघ संस्था, पेशागत संगठन र नागरिक समाज समक्ष अनुरोध पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५