animated ellipse animated ellipse

साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ चैत्र २०८०, शनिबार १८:४२
27
Shares
विराटनगर / घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो । घरेलु तथा साना उद्योगमा आवद्ध भएका साना व्यवसायीहरुले उत्पादन गरेको पाँच दर्जन बढी स्टल बनाएर विभिन्न बस्तुहरु प्रर्दशनीमा राखिएको थियो ।

मोरङका कृषि, पशु, हस्तकला, स्थानीयद्वारा उत्पादित बिभिन्न वस्तुहरु, चिया, ढाका, जुत्ता, चप्पल, कस्मेटिक, महिला उद्यमीका उत्पादनहरु प्रर्दशनीमा राखिएको थियो । प्रदर्शनीमा नर्सरी, अचार, जुत्ता चप्पल, ब्याग, चिया, भुजिया, कोशेली, हस्तकला, कृषि फर्म, मौरी पालन, ढाका कपडा, लघु उद्योग, बाँसको हस्तकला, अल्लो, जडिबुटी, छापाखानालगायत प्रदर्शनीमा रहेको थियो ।

जिल्लाका उद्यमीका उत्पादनलाई प्रदर्शनीमार्फत उपभोक्तासम्म पु¥याउने उद्देश्यले प्रर्दशनी गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाले बताए । ब्यापार गर्ने उद्देश्यले नभई प्रचार गर्ने उद्देश्यले ६० वटा स्टलमार्फत प्रदर्शनी गरिएको उनले बताए । देशभरका ९० हजार उद्यमी महासंघमा संगठित छन् । मोरङमा सञ्चालित लघु, घरेलु, साना, कृषि र अन्य गरी ३० हजार उद्योगमा ४५ अर्व भन्दा बढी लगानी भएको छ ।

सोही अवसरमा संघले पत्रकारहरू अनिल श्रेष्ठ, राकेश कर्ण, प्रेम देवान र पदम सरदारलाई सम्मान गरेको छ । सम्मानित भएका पत्रकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले कदर पत्रले सम्मान गरे । घरेलु तथा साना उद्योगको विकास, विस्तार एवं प्रवद्र्धनमा संचारकर्मीहरूले उल्लेखिनय योगदान पुर्याएको भन्दै सम्मान गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाले बताए ।

त्यस्तै युवा समाजसेवी पेरिस सुवेदी, समाजसेवी लिलाकुमार ढुंगेल, विकल्प एन अल्टरनेटिभका व्यवस्थापक बसन्त अधिकारी र सफल महिला उद्यमी मातृभूमि टि स्टेटका संचालक विनाकुमारी लिम्बुलाई पनि सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर