खबर पूर्वाञ्चल
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो । घरेलु तथा साना उद्योगमा आवद्ध भएका साना व्यवसायीहरुले उत्पादन गरेको पाँच दर्जन बढी स्टल बनाएर विभिन्न बस्तुहरु प्रर्दशनीमा राखिएको थियो ।
मोरङका कृषि, पशु, हस्तकला, स्थानीयद्वारा उत्पादित बिभिन्न वस्तुहरु, चिया, ढाका, जुत्ता, चप्पल, कस्मेटिक, महिला उद्यमीका उत्पादनहरु प्रर्दशनीमा राखिएको थियो । प्रदर्शनीमा नर्सरी, अचार, जुत्ता चप्पल, ब्याग, चिया, भुजिया, कोशेली, हस्तकला, कृषि फर्म, मौरी पालन, ढाका कपडा, लघु उद्योग, बाँसको हस्तकला, अल्लो, जडिबुटी, छापाखानालगायत प्रदर्शनीमा रहेको थियो ।
जिल्लाका उद्यमीका उत्पादनलाई प्रदर्शनीमार्फत उपभोक्तासम्म पु¥याउने उद्देश्यले प्रर्दशनी गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाले बताए । ब्यापार गर्ने उद्देश्यले नभई प्रचार गर्ने उद्देश्यले ६० वटा स्टलमार्फत प्रदर्शनी गरिएको उनले बताए । देशभरका ९० हजार उद्यमी महासंघमा संगठित छन् । मोरङमा सञ्चालित लघु, घरेलु, साना, कृषि र अन्य गरी ३० हजार उद्योगमा ४५ अर्व भन्दा बढी लगानी भएको छ ।

त्यस्तै युवा समाजसेवी पेरिस सुवेदी, समाजसेवी लिलाकुमार ढुंगेल, विकल्प एन अल्टरनेटिभका व्यवस्थापक बसन्त अधिकारी र सफल महिला उद्यमी मातृभूमि टि स्टेटका संचालक विनाकुमारी लिम्बुलाई पनि सम्मान गरेको थियो ।