animated ellipse animated ellipse

अनलाईन कक्षाका लागि विद्यार्थीहरुलाई रकम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ जेष्ठ २०७७, आईतवार २१:१७
45
Shares
विराटनगर / विराटनगर स्थित नेपाल विजनेश कलेजमा अध्ययनरत विद्यार्थीहरुको लागि अनलाईन कक्षा लिने विद्यार्थीलाई कलेजले रकम दिने भएको छ ।

कोभिड–१९ को महामारी भई रहेको वर्तमान अवस्थामा कक्षा कोठामा अध्ययन र अध्यापन हाल सम्भव नरहेको तथा लामो समय विद्यार्थीहरु घरमा सिमित भएर वसिरहेको वर्तमान अवस्थामा विद्यार्थीहरु कलेजले अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ । कलेजमा अध्ययनरत विविएका सम्पूर्ण विद्यार्थीहरुका लागी मासिक रुपमा १ हजार बराबरको इन्टरनेट सुविधा उपलब्ध गराउने कलेजका निर्देशक दिपक कोइरालाले जानकारी दिए ।

यो सुविधा प्रत्यक्ष कक्षा कोठामा अध्ययन अध्यापन गराउने अवस्था श्रृजना नहुन्जेलका लागी रहने कलेजले जनाएको छ । विद्यार्थी तथा अभिभावकलाई यो महामारीमा थप आर्थिक व्यय भार नपरोस भनि कलेजले यो निर्णय गरेको हो ।

संभवतह शैक्षिक सस्थाले आफ्ना विद्यार्थीका लागी इन्टरनेट सुविधा प्रयोगका लागी रकम छुट्याउने नेपाल विजनेश कलेज प्रदेश १ कै प्रथम कलेज रहेको कलेजका निर्देशक कोइरालाको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर