झापामा थप एक जना कोरोना संक्रमण पुष्टि हुँदा प्रदेश १ मा ३१ पुग्यो

खबर पूर्वाञ्चल, १४ बैशाख २०७७, आईतवार १९:३९

विराटनगर / झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिएका व्यक्ती क्वारेन्टाइनमा थिए । संक्रमितलाई विराटनगर ल्याउने तयारी भइरहेको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् । यसअघि गत शुक्रबार झापाकै दमकका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ पुग्दा देशभर संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५