पूर्वाञ्चल खबर
संघीय सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिने निर्णय विरुद्ध नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आह्वानमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित धर्ना कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सरकारले विज्ञापन, सूचनाहरु निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरुलाई पनि दिनु पर्ने उनले बताए ।
संघीय सरकारलाई पनि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमलाई विभेद नगर्नका लागि ध्यानाकर्षण गराउन उनले महासंघलाई आग्रह समेत गरे । मुख्यमन्त्री कार्कीले भने,‘ प्रधानमन्त्रीलाई भेट्नुहोला । ध्यानाकर्षण गराउने काम गर्नुहोला । प्रदेशसँग सूचना, विज्ञापन थोरै हुन्छ । संघीय सरकारसँग धेरै हुन्छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै हुने बताए । उनले चालु आर्थिक वर्षमै पदाधिकारीको नियुक्ती गरिने बताए । कोशी प्रदेश सरकारले आमसञ्चार ऐन निर्माण गरेपनि अध्यक्ष, सदस्य, प्रेस रजिष्टारको नियुक्ती हुन सकेको छैन ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारले विभेदकारी निर्णय फिर्ता लिनुपर्ने बताए । सरकारको निर्णयले मिडियालाइं संकटमा पार्ने काम गरेको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारको विभेदकारी निर्णय फिर्ता नगरेसम्म महासंघको आन्दोलन निरन्तर रहने बताए।
सरकारले गत चैत १८ गते सरकारी सूचना, विज्ञापनहरु सरकारी सञ्चार माध्यमलाई मात्रै दिने निर्णय गरेपछि नेपाल पत्रकार महासंघ आन्दोलित छ ।