किशोरीमाथी बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक राउतविरुद्ध मुद्दा दर्ता

खबर पूर्वाञ्चल, २ भाद्र २०७९, बिहीबार १९:०१
11.57k
Shares
विराटनगर / सुनसरीको एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई जना प्रशिक्षकविरुद्ध आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

कराँतेका प्रशिक्षक विराटनगर महानगरपालिका–३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीविरुद्ध जबरजस्ती करणी मुद्दा मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालय मोरङले मुलकी अपराध संहिताको ७४ को दफा २१९ सामूहिक जवरजस्ती करणाी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामुहिक जवरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँसहित पीडितलाई उचित क्षतिपूर्तीको माग दाबी लिएर मुद्दा दर्ता गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘दुई जना प्रतिवादी बनाएर आज अबेर मुद्दा दायर भएको छ,’ उनले भने, ‘शुक्रबार र शनिबार सार्वजानिक बिदा भएकोले आइतबार प्रतिवादीको बयान हुन्छ र त्यसपछि थुनछेक बहस हुन्छ ।’ आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले पैरवी गरेपछि आदेश आउनेछ । थुनछेक बहस सकिएपछि प्रतिवादीको हकमा साधरण तारेख, धरौटि र पुर्पक्षको लागि थुनामा पढाउने मध्ये एउटा आदेश अदालतले गर्दछ ।

बलात्कार आरोपमा गत साउन ८ गते पक्राउ परेका दुवै अभियुक्त राजनीतिक, सामाजिक र व्यावसायिक हिसाबले पहुँचवाला मानिन्छन् । सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा राउत र सुवेदी पक्राउ परेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५