आइटिएफ. तेक्वाण्डो विभाग गठन

खबर पूर्वाञ्चल, ७ जेष्ठ २०८०, आईतवार १७:२८
297
Shares

विराटनगर / मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो ।

आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुख चुतरलाल चौधरी (रमेश), सचिवमा जीतन थापा रहेका छन् । सदस्यहरुमा निर्मला गुरूङ्ग, दिलमाया गुरूङ्ग, कोशन महासेठ, प्रभुदेव शिवाकोटी, सपुत तामाङ्ग, तुलसी सुवेदी, प्रमिला खत्री, सार्थक पोखरेल, प्रेम चौधरी, ओम श्रेष्ठ, हेम सुनवार, धनबहादुर लकान्त्री रहेका छन् ।

कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकाडेमीका उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज तुलसी मैनाली, मदन भण्डारी एकाडेमीका उपमहासचिब मदन उप्रेती, आइटिएफ तेक्वाण्डोका उपाध्यक्ष प्रविणकुमार कार्की, मदन एकाडेमीका केन्द्रीय सदस्य नारायणप्रसाद बराललगायतको उपस्थती रहेको थियो ।

कार्यक्रममा आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटीले खेलाडीको विकासमा आइटिएफ तेक्वाण्डो विभाग लागि पर्ने बताइन् । उनले खुेलकुद क्षेत्रको विकासमा गठन भएको विभाग लागि परेर अगाडी बढने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५