औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

खबर पूर्वाञ्चल, १० असार २०७७, बुधबार २१:३०

विराटनगर / नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसर पारेर विविद्य कार्यक्रम गरि मनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले आज दिनभरी विविद्य कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

संघको भवनमा आज झण्डोतोलन, अस्पतालमा चौकमा रक्तदान र दिउँसो पत्रकारहरूलाई माक्स, सेनिटाइजर वितरण गरि स्थापना दिवस मनाएको संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । विराटनगरको अस्पताल चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ प्रिन्ट रगत संकलन भएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बताए । रक्तदानमा संघका पदाधिकारी, औषधी व्यवसायी र सर्वसाधरणहरूले रक्तदान गरेका थिए । यस्तै कोभिड – १९ बाट बच्न संघले नेपाल पत्रकार महासंघ मोरङ शाखा मार्फत पत्रकारहरूलाई माक्स र सेनिटाइजर वितरण गरेको हो । यसअघि पनि संघले मोरङ जिल्लाको ६ वटा इलका प्रहरी कार्यालयको प्रहरी यूनिटलाई माक्स र सेनिटाइजर वितरण गरिसकेको महासचिब दिनेश ठाकुरले जानकारी दिए ।

सोही अवसरमा औषधी व्यवसायी क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका ६९ वर्षिय सन्तलाल साहलाई संघले सम्मान गरेको छ । सम्मानित भएका साहलाई नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । साह २०४० सालदेखि औषधी व्यसायी क्षेत्रमा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५