animated ellipse animated ellipse

विराटनगरमा भोलिदेखि सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ असार २०८१, शुक्रबार १८:५९
3.29k
Shares
विराटनगर / विराटनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ विराटनगरको आयोजनामा भोलि र पर्सि प्रतियोगिता संचालन हुन लागेको हो ।

आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा कोशी र मधेश प्रदेशका २० टीमको सहभागिता हुने जानकारी दिएको छ । विराटनगर–६ स्थित म्यारीबोन ज्याला क्रिकेट मैदानमा हुने खेल बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुनेछ । पाँच ओभरमा हुने खेलको एक टीममा ६ जना खेलाडी समावेश गरिएको खेल संयोजक महबुब इराकीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद ७५ हजार, दोस्रो हुनेले ४० हजार र कप पाउनेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार नगद र कप, बेष्ट ब्याट्स म्यान र बेष्ट बलरलाई नगर तीन–तीन हजार र कप प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई नगद पाँच सय प्रदान गरिने जनाइएको छ । प्रतियोगिता संचालनमा तीन लाख खर्चको अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर