खबर पूर्वाञ्चल
आज एक गरी १६ औं ब्याचको विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजमा होटेल मेनेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायका ५ सय ७० जना अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेका थिए ।
विदाई कार्यक्रममा कलेजले लिएको आन्तरिक तथा हिसान परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको थियो ।
प्रमुख अतिथि विराटनगर–१० का वडाअध्यक्ष अर्जुन गिरी, कलेज व्यवस्थापन समितीका अध्यक्ष अमित ढकाल, हिसान कोशी प्रदेश सचिव दिपेश वास्तोला र कलेजका प्रिन्सिपल सिएम श्रेष्ठलगायतले विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै विदाई गरे ।
कलेजबाट विदाई हुने विद्यार्थी शरमिष्ठा लुईटेल र अन्सु बास्तोलाले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गित गाएर कार्यक्रमको सोभा बढाएका थिए ।
सोहि अवसरमा कलेज स्थापनादेखि हालसम्म कलेजमा अध्यापन गराँदै आएको शिक्षक अजित झा र विष्णु तिवारीलाई कलेजले नगदसहित सम्मान गरेको छ । उनीहरुलाई वडा अध्यक्ष गिरीले सम्मान गरे ।