animated ellipse animated ellipse

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ श्रावण २०८१, बुधबार १६:१४
3.17k
Shares
विराटनगर / विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानेजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ ।

कलेजले आज एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ तीन सय वढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो ।

आउँदो साउन १४ गतेबाट कक्षा संचालन हुने भएपछि कलेजको नियम र पढाइप्रति विद्यार्थीहरुलाई जागरुप बनाउने उद्देश्यले अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले विद्यार्थीको भबिष्य उज्ज्वल बनाउन हामी कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘विद्यार्थीको कडा मेहनतका कारणले सफलता प्राप्त हुने हो । विद्यार्थीलाई सफतामा पुर्याउन कलेज लागि पर्नेछौं,’ प्रिन्सिपल खड्काले भने, ‘त्यसको लागि विद्यार्थीले मेहनत गर्नुपर्ने हुन्छ ।’ अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको उनले बताए । ‘शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’, उनले भने ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु अभि सिवाकोटी, उज्जवल ओझा, निलु साह, बृजकुमार रोयले गुणस्तरीय शिक्षा शिक्षादीप कलेजले दिने भएपछि पहिलो रोजाइमा परेको बताए ।

कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए । उनले सपना बोकेर शिक्षादिप कलेज रोजेका विद्यार्थीहरुको उज्ज्वल भबिष्यको शुभकामना दिए ।

कार्यक्रममा कलेजका निर्देशक डा. विमल श्रीवास्तव, सिए तिर्थ राज यादव, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, सोल्टी होटलका निर्देशक रुपेश श्रेष्ठलगायतले बोलेका थिए ।

यसअघि कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ ९४५ जना विद्यार्थीलाई शिक्षादीप कलेजले अभिमुखिकरण गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर