AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुद महासंघ मोरङको अध्यक्षमा विवेक कर्ण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०८२, शनिबार १८:३६
315
Shares
विराटनगर/नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्वद्व अखिल नेपाल खेलकुद महासंघ, मोरङको अध्यक्षमा विवेक कर्ण चुनिएका छन ।

आज ग्रामथान गाउँपालिको झोराहाटमा भएको भेलाले कर्णको अध्यक्षतामा ३९ सदस्यीय कमिटि चयन गरेको हो।

महासंघको उपाध्यक्षमा प्रमोद चौधरी र प्रदिप बस्नेत,सचिवमा गोपाल नेपाली, सह सचिवमा विजय सरदार र कोषाक्ष्यमा दीपा चौधरी चयन भएको छन्।

माओवादी केन्द्रका कोशी प्रदेशका सचिव तथा प्रदेश सांसद गणेश उप्रेती सुशिलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संबिधानसभा सदस्य एंव खेलकुद महासंघका इन्चार्ज सन्तोष थारु, माओवादी केन्द्र मोरङका अध्यक्ष विजय विश्वास, माओवादी केन्द्र कोशी प्रदेश सदस्य इश्वरी आचार्य लगायतले मन्तव्य राखेको थिए।

मोरङ जिल्लामा खेलकुदसंग आबद्व करिब २ सय जनाको सहभागितामा भएको सो कार्यक्रम केही पदहरूमा मनोनयन हुन बाँकी रहेको जनाइएको छ। निर्वाचित अध्यक्ष कर्ण सितरियो कराँतेका पूर्व खेलाडी तथा प्रशिक्षक हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर