AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झारफुक गर्ने बहानामा नाबालिका माथि यौन दुर्व्यवहार गर्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ जेष्ठ २०८२, बिहीबार ०६:३१
126
Shares
विराटनगर / मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ६ स्थित रामपुरमा झारफुक गर्ने निहुँमा एक नाबालिका माथि यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सिरहा घर भई हाल रामपुरमा दिदीसँग डेरा गरी बस्दै आएकी १५ वर्षीया बालिका पछिल्ला केही महिनादेखि शारीरिक तथा मानसिक समस्याबाट ग्रस्त थिइन्। परिवारले विभिन्न अस्पतालहरूमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि स्थानीय झारफुक गर्नेको रुपमा चिनिने ३५ वर्षीय महमद साबिर मलबीलाई बालिकाको उपचारका लागि बोलाइएको थियो।

प्रहरीको भनाइ अनुसार, साबिरले विगत ३–४ महिनादेखि झारफुकको बहानामा बालिकामाथि यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ। उनले उपचारको नाममा बालिकासँग छुट्टै कोठा मागी, रातको समयमा उनलाई एकान्तमा राखी संवेदनशील अंगमा छोएको आरोप लागेको छ। वालिकोको उपभारको लागि उनले ७० हजार मागेका थिए ।

जेठ १३ गते पीडित बालिकाले रुँदै घटनाबारे आफ्नी दिदीलाई जानकारी दिएकी थिइन्। त्यसपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएपछि प्रहरीले साबिरलाई नियन्त्रणमा लिएको हो।

बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा साबिरविरुद्ध मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डिएपी वेदप्रकाश जोशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर