छात्रवृति पाउँने ४ विद्यार्थीलाई शिक्षादिप कलेजको सम्मान

खबर पूर्वाञ्चल, २८ असार २०७८, सोमबार १४:३०

विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले ४ जना छात्रवृति पाउँने विद्यार्थीलाई सम्मान गरेको छ ।

कजेलमा आज एक कार्यक्रमकोआयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सुभम झा,प्रियस साह,रामकृष्ण यादव र मन्दीप थापा रहेका छन् । उनीहरु सवैलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुरखडकालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, शुसिल भगत, सोम निरौलाले सम्मान गरेका छन्।

सुभम र प्रियसले भारतिय सरकारलेगरेको आईसिसिआरमा पूर्ण छात्रवृति पाए भने रामकृष्णले पूर्वाञ्चल विश्वविद्यालयलेलिएको प्रवेश परिक्षामा प्रथम स्थान हासिल गरे । त्यस्तै मन्दिपले त्रिभुवन विश्वविद्यालयअन्तरगत पुल्चोक इन्जिनियरिङ कलेजले लिएको प्रवेश परिक्षामा  ७६ औ स्थानमा नाम निकाले पूर्ण छात्रवृतिपाएको कलेजका प्रिन्सिपल खडकाले जानकारी दिए ।

सवै जनाले इन्जिनियरिङमा नामनिकालेका कलेजले जनाएको छ । उनीहरु सवै शिक्षादिप कलेजका २०७५–७६ सालकाब्याचका विद्याथी रहेका छन् ।आसिसिआरमा छात्रवृद्धि पाउने दुईविद्यार्थीले खान र बस्नसहित मासिक रुपमा १८ हजार ५ सय भारतिय रुपैयाँ पाउँने कलेजलेजनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५