आँखामा गम्भीर चोट लागेकी फुटबल खेलाडी समिक्षालाई मेयर पराजुलीको सहयोग

खबर पूर्वाञ्चल, २१ बैशाख २०७७, आईतवार २०:२७

विराटनगर / विराटनगर महानगरका मेयर भीम पराजुलीले आँखामा गम्भीर चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरलाई २५ हजार रुपैया प्रदान गरेका छन् ।

विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालमा उपचाररत मगरलाई अस्पतालमा भेटी मेयर पराजुलीले रकमको चेक हूतान्तरण गरेका हुन् । रकम सानो भए पनि उपचारमा सहयोग पुग्ने अपेक्षाका साथ प्रदान गरिएको मेयर पराजुलीले बताए ।

उदयपुरको बेलका नगरपालिका ५ निवासी १६ वर्षीया समिक्षाको बैशाख १२ गते घरखेतमा काम गर्ने क्रममा आँखामा गम्भीर चोट लागेको थियो । बन्दा बन्दीका कारण उपचारमा भएको कठिनाइका कारण आँखाको इन्फेक्सन बढेको थियो । हाल केही सुधार भएको आँखा अस्पतालले जनाएको छ ।

यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने जनाएको छ । मगरसंगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले विरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने जनाएका हुन् । एन्फाले आर्थिक रुपमा कुनै किसिमको समस्या हुन नदिने समेत राइले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५