AArya
RUMPUM
animated ellipse animated ellipse

धरानमा गठबन्धन एक कदम पछाडि,एमाले अगाडी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७९, मंगलवार १७:४५
252
Shares
जितेन्द्र शर्मा
धरान / २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हासिल गरे । विजय हासिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए,‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो ।”

यसको सिधा अर्थ नेपाली कांग्रेस अझैपनि धरानमा एक्लै चुनाब जित्ने हिम्मत छैन,वा त्यो अनुुसार संगठन गर्न सकेन । उपनिर्बाचनमा एमाले किन हार्यो ? त्यसबेला अहिले नेपाली कांग्रेसको साथमा भएको माओबादी केन्द्र एमालेसँग पार्टी एकता गरेर नेकपा भएको थियो । एमाले र माओबादीको भोट मात्र आउँदा पनि सजिलै जित हात पार्ने त्यो उप–निर्वाचनमा एमालेले दुुईवटा कारणले हार बेहोरेको थियो । एक पार्टी भित्रको आन्तरिक कलह र माओबादीको धोका ।

तारा सुुब्बाको निधन पनि कार्यबाहक मेयर भएकी तत्कालिन उपमेयर तथा हालकी मेयरकी उम्मेदवार मञ्जुु भण्डारी सुुबेदी माथि विभिन्न आरोप लागे । तर आज सम्म ति आरोपहरु प्रमाणि हुन सकेनन् । ति नै आरोपका कारण पार्टिभित्र कमजोरी देखियो । अर्को कमजोरी भनेको नेकपा कालमा माओबादीले अन्र्तघात गरेको एमालेको विष्लेशण छ । तर अहिले माओबादी केन्द्र नेपाली कांग्रेसँग मिलेको छ । तर धरानका धेरै माओबादीका मतदाता नेपाली कांग्रेससँगको गठबन्धमा सहमत छैनन् । धरानको माओबादीको पक्षमा गतिविधी गर्ने एक बुुद्धीजीवी भन्छन्, धरानमा एमाले र कांग्रेस टेस्ट भईसकेका छन् ।

एक्लाएक्लै लड्दा माओबादीले प्रस्टमत ल्याएर जित्न सक्थ्यो । तर यहाँ गठबन्धनको नाममा हामीले हिजो गाली गर्दै आएको पार्टी अर्थात हिजो जनयुद्धकालमा हाम्रै टाउकाको मुल्य तोक्ने पार्टिलाई भोट जिनुु पर्ने बाध्यता छ । ‘तर माओबादीका मतदाताले यो कुराको हेक्का राख्ने छन्,रुख चिन्हमा भोट हाल्न माओबादीको हात काम्छ,यो प्रस्ट छ ।’ नेपाली कांग्रेस भित्रपनि अलि चिसो खालको समस्या छ ।

नेपाली काग्रेस भित्र पहुुचको आधारमा टिकट आएको भन्ने विषय तातिएको छ भने हालका मेयर तिलक राई र किशोर राईविचको विगतको तिक्ततापुुर्ण ब्यबाहारले कार्यकर्ताहरु विभाजित भएका छन् । अर्को तर्फ हालका मेयरका उम्मेदवार किशोर राईलाई मेला लगाउने तथा धरान फुटबल क्लबमा ‘हिनामिना’ गरेको आरोप लाग्ने गरेको छ । तर किशोर राईले त्यसको खण्डन पनि गर्दै आएका छन् । कांग्रेस भित्र पनि माओबादीको भुमिका देखिर संकाहरु उब्जन थालि सकेको छ, नेपाली काग्रेसका एक नेताले भने हिजो कम्युुनिष्टलाई नै भोट नदिने पार्टिले गैरकम्युुनिष्ट पार्टिलाई भोट दिने कुरामा संका छ ।

एमालेले भने महिला उम्मेदवार उठाएको र आजसम्म लागेका कुनैपनि आरोपहरु प्रमाणित हुन नसक्ने कुरालाई प्राथमिकतामा राखेको छ । हुन त अब नगरपालिकालाई कसरी नेतृत्व गर्ने र बजेट कहाँबाट कसरी ल्याउने भन्ने विषयमा एमालेकी मेयरकी उम्मेदवारसँग अनुुभब र पहुुच दुुबै भएका कारण एमालेले जित्नुुपर्नेमा बौद्धीक ब्यक्तिहरुकोपनि तर्कहरु सुुनिने गरेका छन् ।

एमालेले सँगठन सुुदृढ गरेको र नगरदेखि केन्द्रसम्म पुहुच भएकाले धरानको विकासका सवालमा स्पस्टसँग काम गर्न सक्ने बताउदै आएका छन् । अर्को तर्फ खानेपानीको विषय निकै जोडले उठेको छ ।

खानेपानीको विषयमा एमालेबाट मेयरकी उम्मेदवार मञ्जुु भण्डारी सुुबेदीले स्पस्टसँग भनेकी छिन् ,अहिले धरानमा खानेपानी नभएको हैन,पानी छ तर मेयरले वितरण गर्न चाहेका छैनन् ।

किनभने कांग्रेस पानीको मुुद्धामा एमालेमाथि दोष थुुपर्न चाहान्छ । विष्लेशण गर्दा सुुबदीको कुुरामा सत्यता पनि भेटिन्छ । जतिबेला आइयुडिपीबाट खानेपानीको सम्झौता हुनेबेला भयो त्यो बेला धरानमा चौतर्फि विरोध भएको थियो । तर जसरीपनि सम्झौता गर्ने भनेर हालका कांग्रेसका मेयरका उम्मेदवार किशोर राईले नेतृत्व गरेर सम्झौता गराउन भुुमिका खेले । एमालेका तर्फबाट स्वर्गिय तारा सुुब्बाले हस्ताक्षर गरे । योजना सुुरु हुने बेलामा फेरी कांग्रेसका सुुजेन्द्र तामाङ समुुहले लामो आन्दोलन गर्यो ।

अन्तिममा सहमती भयो सम्पुुर्ण योजनाको अनुुगमन गर्ने जिम्मा नेपाली कांग्रेस अर्थात सुुजेन्द्र तामाङलाई दिने । अहिले नेपाली कांग्रेसको द्धैद चरित्र कहाँ देखिन्छ भने हिजो सम्म आयोजना ठिक भन्ने ,अनुुगमन गरेर राम्रो काम भएको भनेर रिपोट दिने अनि अहिले भ्रस्टचार भयो ,आयोजना नै गलत थियो भन्ने ? अर्को कुरा खानेपानी सँस्थानलाई खानेपानी बोर्डमा गाभेपछि पहिले देखि काम गरेका कर्मचारी लाई जिम्मेवारी नदिएर मेयरले प्लम्बीङनै नगरेका मान्छेलाई भर्ना गरे । आज कहाँ पनि खोल्दा कहाँ जान्छ भन्ने जानकारी नभएका मान्छेलाइ खटाएकै कारण कुनै ठाउमा प्रयाप्त पानी गएको छ कुनै ठाउमा छैन । यसको जिम्मेवारी नेपाली कांग्रेस र हालका मेयर तिलक राईले जिम्मा लिनुु पर्दैन ? आम रुपमा यो प्रश्न उठ्न थालेको छ ।

उपमेयर रहदा मन्जुु भण्डारीले मेयर तिलक राईलाई खुल्ला च्यालेन्ज पनि दिएको सुुनिन्छ । अधिकार सहित खानेपानी ब्यबस्थापन गर्ने जिम्मेवारी दिए १५ दिनमा ब्यबस्थित रुपले पानी खुुवाउन सक्ने चुुनौती उनले मेयरलाई दिएको बताउदै आएकी छिन् । धरानमा अहिले पानी नै नभएको अबस्था हैन,पानी छ वितरण प्रकृया मिलोको छैन यो प्रस्ट हो उनले अन्र्तवार्ताहरुमा भनेकी छिन् ।

गठबन्धनका मेयर र उपमेयर दुुबैसँग पानीको समस्या समाधान गर्ने प्रस्ट योजना भने अहिले सम्म देखिएको छैन । तर एमालेकी मेयरकी उम्मेदवारले पानीको समस्या समाधान गर्न सक्ने हिम्मत देखाएकी छिन् भने उमेयरका उमेद्धार पदम इस्वो लिम्बुुले तत्काललाई उपलब्ध पानी र आसापासका स्रोतबाट समस्या समाधान गर्ने र दिर्घकालिन रुपमा अन्य योजना सुुरु गर्ने योजनना सुुनाउदै आएका छन् । अर्को तर्फ पानीकै मुद्धा लिएर हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनको उम्मेदवारीलाई धेरैले प्रसंसा गरेका छन् । तर मुुद्धा उठाउन र त्यसलाई समाधान गर्न केन्द्र सम्मको पहुच आवश्यक भएकाले उनले जादुुको छडीले पानी आउन नसक्ने सबैले भन्दै आएका छन् ।उनको खबरदारी प्रसंसनीय भएपनि मेयर जित्नेकुुरा असम्भब भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी देख्निे गरिन्छ । धरानमा यो पटक सबैतिरको तालमेल मिलेको खण्डमा एमालेको विरासत फर्काउन सक्ने धेरैको अनुुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर