खबर पूर्वाञ्चल
वडावासी र वडाका पदाधिकारी विहानैदेखि वडा कार्यालयको सरसफाईमा जुटेका थिए । आगजनीमा परेर वडा कार्यालय पूर्ण रूपमा ध्वस्त बनेको छ । वडाको सेवा प्रवाहलाई तिव्रताकासाथ शुरू गर्नेभन्दै कार्यालयको सरसफाई थालिएको हो ।
सरसफाई अभियानलाई गो ग्रीनले पनि सघाएको थियो । वडाध्यक्ष सन्तोष न्यौपानले वडा कार्यालयलाई शुन्य अवस्थामा राखेर सेवाग्राहीलाई रित्तो हात फर्काउन मनले नमानेको हुँदा सरसफाई शुरू गरिएको बताए । उनले जेनजी समूहले आगजनी नगरेको भई जड्याहा र अपराधिक प्रवृत्तिका लुटेरा समूहबाट साँझको ७ बजेपछि आगजनी र लुटपाट भएको बताए ।
वडाध्यक्ष न्यौपानेले सीसी टिभी फुटेज प्रहरी कार्यालयमा बुझाउँदै आगजनी र लुटपाटमा सहभागीको पहिचान र कारवाहीका लागि आग्रह गरिएको बताए । वडाध्यक्ष न्यौपानेले दशैको पछाडि वडा कार्यालयलाई पूर्णरूपमा संचालनमा ल्याउने बताए । उनले हाल अत्यावश्यक कार्यजस्तै मरिमराउमा दाउराको सिफारीस, जेष्ठ नागरिकको समस्या समाधान, बे्रन हेमरेज, स्पाइनल कोर्ड लगायतका विरामीको हकमा बीमा सुविधाका सिफारीस दिने गरेको बताए ।