कोरोना सङ्क्रमणबाट विराटनगरकी ४६ वर्षीय महिलाको मृत्यु

खबर पूर्वाञ्चल, २ बैशाख २०७८, बिहीबार १५:१३

विराटनगर / कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एकजना कोरोना भाइरस सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

कोरोना भाइरसबाट विराटनगर ४ की ४६ वर्षीय महिलाको आज मृत्यु भएको हो ।

विराटनगरको स्थित कोशी कोभिड १९ अस्पतालमा उपचारका लागि बुधबार दिउँसो श्रीमानसंगै स्कुटर लिएर सामान्य अवस्थामा अस्पताल पुगेकी महिलाको बिहान करिव ४ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
विराटनगर स्थित नोबेल अस्पतालमा पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड अस्पताल उपचारका लागि पुगेकी थिइन् । महिलामा अचानक शरीरमा अक्सिजनको मात्रा घटेपछि मृत्यु भएको थियो ।

कोरोना महामारीको दोश्रो लहर सुरुभएपछि भाइरसका कारण प्रदेश १ मा दुई जनाले ज्यान गुमाइसकेका छन् । केही दिन अघि झापाका ९२ वर्षे वृद्धको भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५